Duration 52:48

Mahabir Pun - Interview | महावीर पुन | एञ्जल्स् हार्ट स्कुल | Senior Parents Day –२०७६

5 780 watched
0
207
Published 25 Feb 2020

मिति २०७६-११-१० गते शनिबारको दिन विद्यालयको तर्फबाट आयोजित नियमित वार्षिक कार्यक्रम ३७ औं अभिभावक दिवस – २०७६ (कक्षा ६ देखि १२ सम्म) यस विशेष कार्यक्रम यसै विद्यालयका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुन ज्युको अध्यक्षतामा युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन तथा सम्पन्न भएको थियो । ------------------------------------------ एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुन काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशमा आविष्कारकलाई प्रोत्साहित गर्ने गरी निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । सामाजिक अभियन्ता महावीर पुनले विश्वभर रहेका नेपाली वैज्ञानिकहरुलाई नेपालमै फर्काएर स्वदेशमै काम गर्ने वातावरण बनाउन आफू अभियानमा जुटेको छन् । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मिएका हुन् | महावीर पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । महावीर पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कार ले चिनिने ‘रोमन म्याग्सेसे अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सुसज्जित राष्ट्रका ज्वाजल्यमान नक्षत्र हुन् । --------------------------------------------- www.angels.edu.np info@angels.edu.np www.facebook.com/angelshearteducationfoundation Tel: 01-4027233/4027244

Category

Show more

Comments - 8